पाल्पा बस दुर्घटना अपडेट : ५ विद्यार्थीसहित ६ जनाको अवस्था चिन्ताजनक

पाल्पाको रैनादेवी छहरा गाउँपालिका–६ बल्ढेङगढीमा भएको बस दुर्घटनाका घाइते भएका ६ जनाको अवस्था गम्भीर भएको छ ।

दुर्घटनामा ५ बालकसहित ६ जना घाइते भएका थिए। दुर्घटनामा सोही गाउँपालिका–६ का ९ वर्षका खिमबहादुर घर्ती, ८ वर्षका रोमन घर्ती र मिलन बगाले र ७ वर्षका रोहित घर्ती सिकिस्त भएको पाल्पाका डिएसपी वीरेन्द्र थापाले जानकारी दिए। सबै घाइतेको तानसेनस्थित लुम्बिनी मेडिकल कलेजमा उपचार भइरहेको छ।

घाइतेमध्ये बसधनी ४२ वर्षीय बेदबहादुर विसी र अर्का १० वर्षीय बालक आकाश रास्कोटीको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ। ग १ ख ४९०२ नम्बरको बस पानीडाँडाबाट जुठातर्फ जाँदै गर्दा दुर्घटना भएर सडकबाट करिब ४ सय मिटर तल खसेको थियो।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार