पाल्पामा विद्यार्थी बोकेको बस दुर्घटना, २ जनाको मृत्यु

पाल्पामा बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ। बस दुर्घटनामा एक बालकसहित २ जनाको मृत्यु भएको बुझिएको छ।जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाका अनुसार शुक्रबार दिउँसो पानीडाँडाबाट जुठातर्फ जाँदै गरेको लु १ ब ४९०२ नम्बरको बस रैनादेवी छहरा गाउँपालिका–६ बल्ढेङगढीमा दुर्घटनामा परेको हो। विद्यार्थी बोकेको बस दुर्घटनामा परेको हो।

मृत्यु हुनेमा बसका मालिक अन्दाजी ४० वर्षीय विजय सारूको सनाखत भएको छ र अर्का बालकको पनि मृत्यु भएको बुझिएको छ। यद्यपि पुष्टि भइसकेको छैन।

घाइते ६ जनाको उद्वार गरि उपचारका लागि सदरमुकाम तानसेनतर्फ पठाइएको छ। विकट ठाउँमा दुर्घटना भएकाले घटनाको थप विवरण आउन बाकी रहेको प्रहरीले बताएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार