आगलगीमा परेर सप्तरीमा एक जनाको मृत्यु

आगलगीमा परेर सप्तरीमा एक जनाको मृत्यु भएको छ। जिल्लाको बोदेबरसाई नगरपालिका–१० मा शुक्रवार अपराह्न ४ बजे आगलागी हुँदा शत्रुधन यादवका ५ वर्षीय छोरा सैलेश यादवको जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।

बोदेबरसाईन–१० अमरैया टोल बस्ने शत्रुधन यादव, मिन्टु यादव र ओम यादवको सगोलमा रहेको कच्ची घरमा आगलागी हुँदा सोही आगोमा परेर एक बालकको मृत्यु भएको प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए।

प्रहरीका अनुसार आगलागीमा १२ लाख रुपैयाँ बराबरको क्षति भएको छ। रघुनन्दन यादवको घरमा आगलागी हुँदा ४ लाख रुपैयाँ बराबरको र जागेश्वर यादवको पक्की घरको एउटा झ्यालमा आगलागी हुँदा २० हजार रुपैयाँ बराबरको क्षति भएको छ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार