छातीमा समस्या आएपछि संस्कृतिविद् सत्यमोहन जोशी अस्पताल भर्ना

संस्कृतिविद् सत्यमोहन जोशीलाई अस्पताल भर्ना गरिएको छ। छातीमा असजिलो भएर समस्या आएपछि उनलाई अस्पताल भर्ना गरिएको हो । बिहीबार अपरान्ह ४ बजेतिर छातीमा असजिलो भएर इमर्जेन्सीमा आएको र जाँचपश्चात मूत्र प्रणालीको संक्रमण र मुटुको चालमा समेत गडबडी देखिएकोले भर्ना गरिएको किस्ट अस्पतालका निर्देशक प्राडा सुरज बज्राचार्यले जानकारी दिए।

उनको स्वास्थ्यको निरीक्षण मेडिसिन विभागको नेतृत्वमा भइरहेको उनले बताए। यसअघि पनि उनलाई छाती र पिसाबमा संक्रमण भएको भर्ना गरिएको थियो। उपचारपश्चात करिब एक हप्तापछि उनी डिस्चार्ज भएका थिए।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार