कांग्रेसले गठबन्धनका दल सहभागी नहुने सभामा मात्रै पार्टी प्रवेश गराउने

नेपाली कांग्रेसले सत्तारुढ पाँच दलीय गठबन्धनमा रहेका दलसँग तालमेल नभएको सभामा मात्रै पार्टी प्रवेश कार्यक्रम राख्ने भएको छ। उपसभापति पूर्णबहादुर खड्का संयोजक रहेको ‘स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समिति’ को शुक्रबार बसेको बैठकले गठबन्धनका अरु दल सहभागी नभएको सभामा मात्रै सदस्यता वितरण गर्ने नीति बनाएको हो।

यसअघि नै पाँच दलीय गठबन्धनले एकअर्काका कार्यकर्तालाई सकेसम्म पार्टी प्रवेश नगराउने नीति लिएका छन्।यस्तै बैठकले गठबन्धनलाई बलियो बनाउदै सम्पूर्ण भातृसंगठन, शुभेच्छुक संस्था परिचालन गर्नका लािग ७७ जिल्लामा केन्द्रीय प्रतिनिधि खटाउने निर्णय गरेको हो ।

बैंशाख ३ देखि ५ गतेभित्र प्रदेशबाट सवै नाम सिफारिस गराउने र गठबन्धनमा समस्या देखिएका नाममा पछि छलफल गर्ने समितिले निर्णय गरेको छ । त्यस्तै बैठकले चूनावी सभालाई व्यवस्थीत गर्न र आचारसंहितालाई पालना गराउने बिषय पनि मापदण्ड तय गरेको कांग्रेस केन्द्रीय सदस्य नैनसिंह महरले जानकारी दिए ।

बैठकले भ्रातृ संघ समन्वय एवं परिचालन, शुभेच्छुक संस्था समन्वय एवं परिचालन, जिल्ला सम्पर्क समिति समन्वय एवं परिचालन लगाएतका उपसमितिहरु गठन गर्ने निर्णय गरेको उनले बताए ।
बैठकमा समिति संयोजक पूर्णबहादुर खड्काले गठबन्धनले सवैको अस्तीत्व जोगाउने भएकाले यसलाई थप प्रभावकारी बनाउनुपर्ने बताए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार