पार्टीको उत्कृष्ट चुनावी गीत बनाउनलेलाई काँग्रेसले पुरस्कार दिने

काठमाडौं । नेपाली कांग्रेसले आफ्नो पक्षमा उत्कृष्ट चुनावी गीत बनाउनेलाई दुई लाख ७५ हजार पुरस्कार दिने भएको छ । प्रवक्ता डा. प्रकाशशरण महत संयोजकत्वको स्थानीय तह निर्वाचन केन्द्रीय प्रचार–प्रसार समितिअन्तर्गत रहेको सांस्कृतिक समन्वय उपसमितिले यस्तो घोषणा गरेको हो।

उपसमिति संयोजक डिबी गुरुङका अनुसार आसन्न स्थानीय निर्वाचनलाई लक्षित गरी नेपाली कांग्रेसको पक्षमा चुनावी गीतहरू (अडियो र भिडियो) निर्माण गरी प्रचार–प्रसार भइरहेको गीत पठाउनुपर्नेछ। यसरी पठाइएका गीतलाई छनोट समितिको निर्णयअनुसार पुरस्कृत गरिनेछ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार