बाँकेमा भीषण आगलागी, १२ घर जलेर नष्ट

बाँकेको टिकुलीपुरमा भीषण आगलागी भएको छ । आललागीबाट १२ घर जलेका छन् । राप्तीसोनारी गाउँपालिका–२, टीकुलीपुरमा एक घरबाट शुरू भएको आगो वस्तीभर फैलिएको हो ।

दिउँसो साढे २ बजेबाट शुरू भएको आगलागी अहिले लगभग नियन्त्रणमा आइसकेको प्रहरीले बताएको छ । क्षतिको विवरण संकलन थालिएको उनले बताए । आगलागीको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार