भित्र गठबन्धनको बैठक, बाहिर कांग्रेस कार्यकर्ताको नाराबाजी

विराटनगर । विराटनगरमा स्थानीय तह निर्वाचनमा भागवण्डा मिलाउनका लागि सत्तारुढ गठबन्धनले गठन गरेको कार्यदलको बैठक चलिरहेका बेला नेपाली कांग्रेसका कार्यकर्ताले नाराबाजी गरेका छन् ।

नेपाली कांग्रेसको मोरङ जिल्ला पार्टी कार्यालयमा शुक्रबार दिउँसो कार्यदलको बैठक चलिरहेको बेला कांग्रेस कार्यकर्ताले गठबन्धनको विरोध गर्दै नाराबाजी गरेका हुन् ।

जिल्लामा भागवण्डा मिलाउनका लागि चार सदस्यीय कार्यदल गठन भएको थियो । दिउँसो २ बजे सुरु भएको कार्यदललको बैठकमा कांग्रेसबाट उपसभापति भक्तिनाथ माझी, माओवादी केन्द्रबाट जिल्ला संयोजक विजय विश्वास, जसपा अध्यक्ष राजकुमार यादव र नेकपा एकिकृत समाजवादी पार्टीका नेता उद्धव पोखरेल सहभागी थिए । कांग्रेसको बैठक कक्षमा कार्यदलको बैठक सुरु भएलगतै नेपाली कांग्रेस विराटनगर(६ का कार्यकर्ता नाराबाजी गर्दै पुगेका थिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार