गायिका मेलिना राईले प्रेमी सञ्जिबसँग गरिन् इन्गेजमेन्ट

गायिका मेलिना राईले आफ्नो प्रेमी सार्वजनिक गरेकी छन् । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत सञ्जिब बराइली प्रेमसम्बन्धमा रहेको खुलासा गरेकी हुन्।

उनले बराइलीसँगको एक फोटो राख्दै आफूहरुबिच प्रेमसम्बन्ध रहेको स्विकार गरेकी छिन् ।

यस्तै उनले प्रेमीसँग इन्गेजमेन्ट गरेको समेत बताएकी छिन् । उनले प्रेमीसँगको फोटो सार्वजनिक गर्दै इन्गेजमेन्ट गरेको जानकारी दिइन ।

मेलिना र सञ्जिव पाँच वर्षदेखि प्रेममा थिए । सञ्जिव नेपालका सर्वाधिक चर्चित र व्यस्त गिटारिस्ट तथा कम्पोजर हुन् । मेलिना सफल र चर्चित गायिकामा पर्छिन् ।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार