एमाले नेता पाण्डे माओवादी केन्द्रमा प्रवेश

नेकपा एमाले नुवाकोटका नेता माधवप्रसाद पाण्डे माओवादी केन्द्रमा प्रवेश गरेका छन् । शुक्रबार पाण्डे पार्टी परित्याग गरी माओवादीमा प्रवेश गरेका हुन् ।

उनलाई माओवादी पार्टी कार्यालय पेरिसडाँडामा आयोजित एक कार्यक्रममा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्वागत गरेका थिए ।

पाण्डे नुवाकोटको बेलकोटगढी १३ का स्थायी बासिन्दा हुन । एमालेमा रहँदा उनले बेलकोटगढी नगरपालिकामा मेयर पदमा दाबी गरेका थिए ।
पाण्डे नेतृत्वमा एक सय कार्यकर्ता प्रवेश गरेको माओवादीले दाबी गरेको छ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार