चितुवाको छालासहित तीन जना काठमाडौंबाट पक्राउ

चितुवाको छालासहित तीन जनालाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ। काठमाडौं महानगरपालिका–२६ स्थित मित्रनगरबाट तीन जनालाई बुधबार पक्राउ गरेको प्रहरीले जनाएको छ ।

काठमाडौंको गुर्जुधारा बस्ने २३ वर्षीय अर्जुन थिङ, मकवानपुर थाहा नगर–१२ बस्ने २४ वर्षीय कालदेन वाइवा र खोटाङ साकेला गाउँपालिका–३ बस्ने ४६ वर्षीय दिलबहादुर तामाङ छन्।

उनीहरूले बोकेको झोलामा चितुवाको छाला प्रहरीले बरामद गरेको हो । प्रहरीका अनुसार चितुवाको छाला दुई मिटर १० सेन्टिमिटर लामो र एक मिटर ३० सन्टिमिटर चौडाइको छ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार