माओवादी नेता रहबर अन्सारीमाथि कारबाही नहुने

नेकपा माओवादी केन्द्रले वीरगञ्ज महानगरपालिका समितिका अध्यक्ष रहबर अन्सारीसहित तीन जनामाथि पार्टीको जिल्ला कमिटीले गरेको कारबाही नहुने भएको छ । गत चैत्र ३० गते जिल्ला पार्टी कार्यालय तोडफोड गरेको आरोप लगाउँदै माओवादीको पर्सा जिल्ला समितिले अन्सारीलाई पार्टीबाट निष्काशन गर्ने निर्णय गरेको थियो ।

रहबर गत निर्वाचनमा माओवादीका तर्फबाट वीरगञ्जमा मेयरमा प्रतिस्पर्धा गरेका थिए भने आगामी निर्वाचनमा पनि उनी उम्मेदवार हुने चर्चा चलिरहेको थियो । तर उनलाई पार्टीबाटै निष्कासन गरिएको थियो ।

तर माओवादी केन्द्र मधेश प्रदेश समितिका इन्चार्ज गणेश साहले जिल्ला समितिको निर्णयको प्रक्रिया गलत भएकाले त्यो तत्काल लागू नहुने बताएका छन् ।

माओवादी केन्द्र पर्साका इन्चार्ज विजय महतो र संयोजक रामदरश कुशवाहाले एक विज्ञप्ति जारी गर्दै उनीहरूलाई पार्टीबाट निष्कासन गरेको जनाएका थिए । पार्टीको कार्यालय तोडफोड गरि जिल्लाका जिम्मेवार नेतृत्वमाथि गाली गलौज गरेको र पार्टीलाई बदनाम गराउने कार्य उनीहरुले गरेको आरोप लगाइएको छ ।

पार्टी कार्यालय भएको तोडफोडको विषयमा छानविन भइरहेको बताइएको छ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार