माधवजीको पार्टीले औकातभन्दा धेरै ठाउँमा दाबी गरेको छ : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय तहको निर्वाचनमा माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीले आफ्नो औकात भन्दा धेरै ठाउँमा दाबी गरेको बताएका छन् ।प्रचण्ड निवास खुमलटारमा बसेको माओवादी केन्द्रका पूर्वस्थायी कमिटी सदस्यहरूको बैठकमा प्रचण्डले यस्तो बताएका हुन् ।प्रचण्डले महानगर र उपमहानगरहरूमा माथिबाटै तालमेलको निर्णय हुने बताएको माओवादीका एक नेताले जनाकारी दिए।

‘कतिपय ठाउँमा सत्तारूढ दलसँगै गठबन्धन हुन्छ होला। कतिपय अन्य दलहरूसँग पनि हुनसक्छ। हामीले एक्लै लड्ने ठाउँ पनि हुन्छन्,’ प्रचण्डको भनाइ उदृत गर्दै एक नेताले भने,‘माधवजीको पार्टीसँग पनि तालमेल हुन्छ होला। तर उहाँको पार्टीले आफ्नो औकात बिर्सिएर धेरै मागिरहेको छ। त्यसैले अलि कठिन छ।’

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार