नेपाली बजारमा केराको मूल्य हालसम्मकै उच्च

काठमाडौं । नेपाली बजारमा पाकेको केराको खुद्रा बिक्री मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । केही दिनयता प्रतिदर्जन पाकेको केराको थोक मूल्य १६० रुपैयाँसम्म पुगेको छ । केराको मूल्य सम्भवतः हालसम्मकै उच्च भएको बजार विकास समितिका सूचना अधिकारी बिनय श्रेष्ठ बताउँछन् ।

थोकमै १६० रुपैयाँ पर्ने प्रतिदर्जन केराको मूल्य खुद्रामा भने अझै बढी हुने श्रेष्ठको भनाइ छ । पछिल्लो दुई सातादेखि केराको मूल्य बढी रहेको उनले बताए ।

चैत दोस्रो सातासम्म प्रतिकिलो १२० रुपैयाँ दर्जन रहेको केराको मूल्य वैशाख २ गते १५० देखि १६० रुपैयाँ थोकमा मूल्य कायम भएको छ । यसअघि प्रतिगोटा १० रुपैयाँ पर्ने केराको मूल्य अब कोसामा साढे तीन रुपैयाँसम्म बढेको विकास समितिले जनाएको छ ।

नेपाल फलफूल थोक व्यवसायी संघ कुलेश्वरका अनुसार केराको मूल्य अझै महँगो हुनेछ । केरामा नेपाल भारतमा पर्ण जस्तै निर्भर रहेको र भारतको आयात रोकिंदा नेपालमा मूल्य बढेको संघका महासचिव विनोद पाण्डेले बताए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार