पोखरा महानगरमा एमालेको उम्मेद्‍वार छान्न चुनाव नहुने

कास्की । पोखरा महानगर प्रमुख छान्न नेकपा एमाले नगर कमिटीले शुक्रबार तय गरेको आन्तरिक निर्वाचन नहुने भएको छ ।तोकिएको भन्दा बढी आकांक्षी भएपछि महानगर प्रमुख र उपप्रमुख छनोट गर्न मतदानबाटै उम्मेदवार छान्ने प्रक्रिया सुरु भएको थियो ।

तर, सर्वसम्मत रुपमा अघि बढ्ने गरी आवेदन दिएका सबै उम्मेदवारलाई नै सिफारिस गर्ने महागर कमिटी अध्यक्ष दिलिप न्यौपानेले जानकारी दिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार