एमाले प्रतिपक्षमा बस्ने जमाना होइन : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले एकछिनका लागि प्रतिपक्षमा भए पनि चुनावपछि फेरि सत्तामा जाने बताए ।लमजुङको घलेगाउँमा आयोजित एक समारोहलाई सम्बोधन गर्दै ओलीले एमाले जालझेल गरेर प्रतिपक्षमा पुर्‍याइएको बताएका हुन् ।

उनले भने ‘अहिले एमाले एक छिनका लागि प्रतिपक्षमा छ, अब एमाले प्रतिपक्षमा बस्ने जमाना होइन । एक छिनका लागि जालझेल गरेर प्रतिपक्षमा पुगेको छ । चुनावपछि फेरी सत्तामा आउँछ ।’

अध्यक्ष ओलीले एमालेले जनताको आकांक्षा बुझेको दाबी गर्दै समृद्धिका लागि आफ्नो पार्टी अग्रसर रहेको बताए ।उनले भने एमालेले जनताको चाहना बुझेको छ । जनताको समृद्धिको चाहना बुझेको छ । त्यसैले समृद्धिका लागि एमाले अग्रसर छ ।

वैशाख ३० गतेको स्थानीय तहको निर्वाचनमा के गर्नुपर्छ भनेर जनता जानकार रहेको उनको भनाई छ । ‘अहिले के गर्नुपर्छ जनतालाई थाहै छ, आजकल भोट के मा ? भनेर जनतालाई सोधेर यसो औला लाउँछन्,’ सूर्यतिर औला देखाउँदै उनले भने ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार