सीमा नाकामा नेपाल फर्कनेको लर्कोः धमाधम भेटिँदै छन् संक्रमित

कपिलवस्तुमा पछिल्लो समय रोजगारीका लागि भारत पुगेका नेपाली स्वदेश फर्किने क्रम बढेको छ । भारतमा कोरोना महामारी बढेसँगै रोजगारीका लागि भारतमा पुगेका नेपाली नागरिकहरू नेपाल फर्किने क्रम बढेको हो ।

कृष्णनगर सिमा नाकाबाट मात्र भारतको विभिन्न शहरमा काम गरी रहेका तीन–चार सय नेपाली दैनिक नेपाल फर्कने गरेको इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरीक्षक सुखदेव पौडेलले जानकारी दिए । उनका अनुसार भारतबाट आउने नेपालीहरूलाई चेकजाँच गर्दा एन्टिजेन पोजेटिभ भेटिँदै छ । दैनिक १० देखि १५ जनामा एन्टिजेन पोजेटिभ भेटिए पनि उनीहरूको अवस्था सामान्य रहेको कृष्णनगर नाकाका स्वास्थ्य कर्मचारीको भनाई छ ।

एन्टिजोन पोजेटिभ भेटिएका बिरामीहरूलाई घरमै आईसुलेसनमा बस्न सुझावसहित निजी साधनद्वारा घर पठाइएको छ । खुल्ला सिमा नाका भएका कारण दैनिकी चलाउन मान्छेहरू नेपाल भारत आवतजावत गरी रहेकोले पनि कपिलवस्तु कोरोनाको हटस्पोर्ट बन्न पुगेको बताइन्छ । कपिलवस्तुमा अहिलेसम्म ४ सय २९ सक्रिय संक्रमित रहेका छन् भने ४५ जनाको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयका फोकल पर्सन उमेश घिमिरेले जनकारी दिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार