पहिलो दिनमै ‘केजीएफ २’ले बनायो ठूलो रेकर्ड

फिल्म ‘केजीएफ २’ ले बक्स अफिसमा अनुमान गरेजस्तै सुनामी ल्याउन सफल भएको छ । प्रशान्त नील निर्देशित फिल्मले पहिलो दिनमै हिन्दी फिल्मको अहिलेसम्मकै धेरै कमाउने रेकर्ड ब्रेक गरेको मात्र होइन, सलमान खान, आमिर खान, शाहरुख खान लगायत ‘बहुबली’, ‘बाहुबली २’ को रेकर्ड ब्रेक गर्दै ‘आरआरआर’को कलेक्सन पार गरेको छ । ‘आआआर’ करिब ५५० करोड बनेको फिल्म हो, भने ‘केजीएफ २’को बजेट डेढ सय करोड रहेको छ ।

‘केजीएफ च्याप्टर २’ दशर्कले समेत रुचाएका छन् । बिहान ६ बजेदेखि राती अबेरसम्म राखिएको पिःल्मको शोमा दर्शकको भिड छ । फिल्मले शुक्रबार, शनिबार राम्रो ब्यवसाय गर्ने अपेक्षा छ । प्रारम्भिक तथ्यांक अनुसार फिल्मले हिन्दीमा पहिलो दिनको आम्दानीमा समेत नयाँ कृतिमान राखेको छ । फिल्मको दिन्दी संस्करणको मात्र कुल ग्रस आम्दानी ६३ करोड रहेको छ । यसको सबै खर्च कटाएर पनि ‘वार’ले बनाएको रेकर्ड तोड्छ ।

‘केजीएफ च्याप्टर २’ को हिन्दीको पहिलो दिनको नेट आम्दानी ५४ करोड रुपैया रहेको छ । यो रेकर्ड ऋतिक रोशनको फिल्म ‘वार’ को नाममा थियो । यो फिल्मले पहिलो दिनमा ५३ ।२४ करोड कमाएको थियो । ‘केजीएफ २’ ले पहिलो दिन सबै भारतिय भाषा सहित घरेलु बक्सअफिसमा १२८ करोड कमाएको छ । यो आम्दानी राजामौलीको फिल्म ‘आरआरआर’को पहिलो दिनको आम्दानी बराबर पनि हो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार