रविना श्रेष्ठ बनिन् मेगा बैंकको कामु सीईओ

मेगा बैंक लिमिटेडको कायममुकायम प्रमुख कार्यकारी अधिकृतमा रविना देशराज श्रेष्ठ नियुक्त भएकी छन् ।

चैत ३० गते बसेको बैंक सञ्चालक समितिको बैठकले अर्को व्यवस्था नभएसम्मको लागि श्रेष्ठलाई कामु सीईओको रुपमा नियुक्त गरेको हो । सीईओ अनुपमा खुञ्जेलीले राजिनामा दिएसँगै उक्त पद रिक्त रहेको छ ।

कामु सीईओ श्रेष्ठ स्थापनाकालदेखि नै मेगा बैंकमा कार्यरत छिन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार