डब्लुएचओका महानिर्देशक नेपाल आउने

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का महानिर्देशक डाक्टर टेड्रोस एड्हानोम गेहब्रेयस नेपाल आउने भएका छन् ।स्वास्थ्य सचिव रोशन पोखरेलका अनुसार डा. टेड्रोस स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निमन्त्रणामा तीन दिने सद्भाव भ्रमणका लागि नेपाल आउन लागेका हुन् ।

गेहब्रेयससहितको टोली वैशाख ८ गते नेपाल आइपुग्नेछ।नेपालमा रहँदा गेहब्रेयसले विभिन्न महत्वपूर्ण भेटघाट गर्ने कार्यक्रम छ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार