स्थानीय चुनावमा काँग्रेससँगै प्रतिस्पर्धा गर्ने अवस्था आउनसक्छ : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थानीय तहको निर्वाचनमा एमालेसँगका तालमेलको सम्भावना नभएको प्रस्ट पारेका छन् । उनले काँग्रेससँगै प्रतिस्पर्धा गर्ने अवस्था आउनसक्ने समेत बताए ।

शुक्रबार प्रचण्डले सत्ता गठबन्धन बीचको तालमेल सबैतिर गर्ने कोसिस भइरहेता पनि सहज बन्न नसकेको बताउँदै काँग्रेस लगायत गठबन्धनकै पार्टीसँग प्रतिस्पर्धा गर्ने अवस्था आउनसक्ने उल्लेख गरे।

हाल चुनावी तालमेलको विषय मिलाउन गाह्रो भइरहेको प्रचण्डको भनाइ छ। उनले भनेका छन्, ‘गठबन्धन हेर्दा राम्रो देखिए पनि व्यवहारिक रुपमा मिलाउन गाह्रो छ। कांग्रेससँग सकेसम्म सहमति गर्छौं नभए गठबन्धनका अन्य पार्टीहरुसँग मिलेर कांग्रेससँग पनि स्वस्थ प्रतिस्पर्धा हुनेछ।’

माओवादीले चितवनस्थित भरतपुर महानगरपालिका दाबी गरिरहँदा काँग्रेसले सो महानगरमा आफ्नो पार्टीको मेयर बन्नुपर्ने अडान राखिरहँदा प्रचण्ड तनावमा छन्।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार