माओवादी अछामका सहइन्चार्ज एमालेमा प्रवेश

कैलाली । नेकपा माओवादी केन्द्रका सुदूरपश्चिम प्रदेश कमिटी सदस्य, अछाम जिल्लाकन सह–ईन्चार्ज लोक बहादुर साउद नेकपा एमालेमा प्रवेश गरेका छन् ।

बान्नीगढी जयगढ गाउँपालिकामा एक औपचारिक कार्यक्रमकाबीच उपाध्यक्ष साउदसहित नेताहरू नेकपा एमालेमा प्रवेश गरेका हुन् ।

उनीहरुलाई एमाले केन्द्रीय सदस्य तथा अछाम जिल्ला ईन्चार्ज झपटबहादुर बोहराले पार्टीमा स्वागत गरेका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार