कर्णाली प्रदेशका मुख्यमन्त्री, मन्त्रीसहित सांसदहरूको पारिश्रमिक बढ्यो

काठमाडौं । देशमा आर्थिक सङ्कट बढिरहेका बेला कर्णाली प्रदेश सरकारले भने मुख्यमन्त्री, मन्त्री र सांसदहरूको सेवा सुविधा बढाएको छ ।

कर्णाली प्रदेश सरकारले सरकारका मुख्यमन्त्री, मन्त्री, प्रदेश सभाका पदाधिकारी र सांसदहरूको सेवा सुविधामा ५० महिनापछि हेरफेर गरेको हो । व्यय भार बढ्ने गरी मन्त्री र सांसदहरूको सुविधा थपेपछि आलोचना भइरहेको छ ।

सरकारले हेरफेर गरेको अनुसूचीअनुसार मुख्यमन्त्रीको तलब सुविधा ७० हजार सात सय ३० रुपैयाँ पुगेको छ । यसअघि मुख्यमन्त्रीको पारिश्रमिक मासिक ६० हजार नौ सय ७० रुपैयाँ थियो ।

यस्तै मन्त्रीहरूले ५२ हजार पाइरहेकामा अब ६० हजार तीन सय २० रुपैयाँ पाउने भएका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार