विवाह बन्धनमा बाँधिए आलिया र रणवीर

बलिउड अभिनेता रणवीर कपूर र अभिनेत्री आलिया भट्ट विवाहबन्धनमा बाँधिएका छन्। भारतीय सञ्चार माध्यमका अनुसार यी दुईले सात फेरा लिइसकेका छन्।

आरके स्टुडियोमा भएको विवाह समारोहमा परिवार र नजिकका साथीहरुमात्रै उपस्थित छन्।विवाहलाई गोप्य राख्न हरसम्भव प्रयास गरिएको छ। यी दुईले लामो समयको प्रेम सम्बन्धलाई विवाहमा परिणत गर्न लागेका हुन्। विवाहको कार्यक्रम अझै केही दिन हुने बताइएको छ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार