थप ५ हजार ७६३ जनामा कोरोना संक्रमण पुष्टि, १९ जनाको मृत्यु

सक्रिय संक्रमितको संख्या ४३ हजार २१३ पुग्यो

नेपालमा शनिबार थप ५ हजार ७६३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका विभिन्न अस्पतालहरुमा गरिएको परिक्षणमा ५ हजार ७६३ जनामा कोरोना देखिएको हो ।

मन्त्रालयका अनुसार १४ हजार ४०३ जनाको पीसीआर परीक्षणमा ५ हजार ७०६ जना र ५६६ जनाको एन्टिजेन परीक्षण गर्दा ५७ जनामा कोरोना देखिएको हो । योसँगै देशभर कोरोना संक्रमितको कुल संख्या ३ लाख २८ हजार ८९३ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोनाबाट मृत्यु हुनेको संख्या १९ रहेको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा अहिलेसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार २९८ पुगेको छ ।

त्यस्तै थप एक हजार २८७ संक्रमित निको भएका छन् भने नेपालमा हालसम्म दुई लाख ८२ हजार ३८२ जना संक्रमणमुक्त भएका छन् । हाल नेपालमा ४३ हजार २१३ सक्रिय संक्रमित रहेका छन् भने ६७ जना क्वारेन्टाइनमा छन् । नेपालमा हालसम्म २४ लाख ८८ हजार ३५९ वटा पिसिआर परिक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार