एमाले नेतृत्वलाई भीम रावलको प्रश्न : के सूर्य बिक्री हुने चिन्ह हो ?

नेकपा एमालेका नेता भीम रावलले आफ्नो पार्टीको चुनाव चिन्ह्र ‘सूर्य’ अरुलाई  प्रयोग गर्न दिएकोमा  आपत्ति जनाएका छन् ।  नेकपा एमालेले बुधबार कमल थापा नेतृत्वको राप्रपा, नेपाल र परिवार दललाई आगामी स्थानीय तह निर्वाचनमा सूर्य चिन्ह प्रयोग गर्न दिने सहमति गरेपछि रावलले आपत्ति जनाएका हुन् ।

‘विपरीत सिद्धान्त भएका राप्रपा र परिवार दलका उम्मेदवारले एमालेको सूर्य चिन्हमा लड्ने तर एमाले हुनु नपर्ने रे! के सूर्य चिन्ह बिक्री हुने व्यवसायिक चिन्ह हो र ? यसलाई ठूलो ठेकेदारले ठेक्का लिएर सानो ठेकेदारलाई काम दिएजस्तो गर्न मिल्छ र ? दलीय प्रणाली र कम्युनिष्ट पार्टीको फजिती मात्र!,’ रावलले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन् ।

एमालले बुधबार राप्रपा, नेपाल र परिवार दलसँग पाँच/पाँच वुदे छुट्टाछुट्टै सम्झौता गरेको थियो । सम्झौतामा राप्रपा, नेपाल र परिवार दलका उम्मेदवारले सहमति भएका स्थानमा सूर्य चिन्ह लिएर चुनावमा भाग लिन पाउने उल्लेख थियो । साथै निर्वाचन आयोगलेसमेत जुन दलको चुनाव चिन्हमा उम्मेदवारले आफ्नो उम्मेदवारी दिन्छन्, सो व्यक्तिलाई सोही चुनाव चिन्ह रहेको दलको ब्यक्तिको रुपमा चिन्ने जनाइसकेकाे छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार