एमालेका इमान्दार नेताहरूलाई प्रतिगमनकारी प्रवृत्तिको नेतृत्वबाट मुक्त गराउनुछ: प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमाले भित्र धेरै नेता इमान्दार रहेको बताएका छन् ।

बिहीबार आफ्नै निवास खुमलटारमा आयोजित एक कार्यक्रममा उनले एमालेभित्रका भित्र धेरै नेता इमान्दार रहेपनि नेतृत्वको बन्दी भएको बताएका हुन्।

एमालेभित्रका इमान्दार नेता कार्यकर्ताको नेतृत्व पनि आफूले गर्ने जिकिर गर्दै उनले प्रतिक्रियावादी र प्रतिगमनकारी प्रवृत्तिको नेतृत्वका बन्दीबबाट उनीहरूलाई मुक्त गर्नेसमेत बताए ।

‘एमालेका सबै खराब छन् भन्ने पनि सोच्नुहुँदैन,’ प्रचण्डले भने, ‘एमालेभित्र तीन वर्ष हेर्‍यौं नि हामीले को–को कस्ता रहेछन् भन्ने । त्यहाँ पनि ८० प्रतिशत भन्दा बढी इमान्दार कम्युनिष्ट नै छन्। तर, त्यहाँ नेतृत्वले यति धेरै भ्रम दिएर राखेको बन्दी बनाएर राखेको जस्तो लाग्छ मलाई ।’

उनले थपे, ‘प्रतिक्रियावादी, प्रतिगमनकारी प्रवृत्तिको नेतृत्वका बन्दी भएका छन्, हामीले तीनलाई मुक्त गर्नुछ । हामीले तीनलाई पनि मुक्त गर्नु छ र तीनको पनि नेतृत्व गर्नुछ । त्यो सोचाइ नराखीकन क्रान्ति अगाडि बढ्दैन ।’

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार