कारको ठक्करबाट तीनजनाको मृत्यु

कारको ठक्करबाट नेपालगञ्जमा एकै परिवारका तीन जनाको मृत्यु भएको छ ।आइतबार राति १२ बजेतिर सुर्खेत रोडको वीपी चोक क्षेत्र नजिक नेपालगन्ज–१० निवासी २८ वर्षीय इन्द्रबहादुर थापाले चलाएको प्रदेश ३–०१–२३ च ८४८१ नम्बरको कारले ठक्कर दिँदा नेपालगन्ज–११ निवासी ६५ वर्षीया समिना इद्रिसी, पाँच वर्षीय कसिम इद्रिसी र अलि इद्रिसीको मृत्यु भएको हो।

समिना र कसिम हजुरआमा र नाति हुन् भने अन्सारी इद्रिसीको घरबेटीका छोरा हुन्। मृतकका परिवारले चालकलाई हदैसम्मको कारबाही गर्न माग गर्दै टायर बालेर बिहान १० बजेदेखि विरोध प्रदर्शन गरिरहेका छन्।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार