‘केजीएफ–२’ले नेपाली हलमा नयाँ–नयाँ रेकर्ड बनाउँदै

काठमाडौं । नेपाली सिनेमा हलमा दक्षिण भारतीय फिल्म ‘केजीएफ च्याप्टर २’ले नयाँ रेकर्ड बनाएको छ । यो फिल्मका लागि नेपालमा अहिलेसम्मकै बढी शो राखिएको छ । भने अग्रिम टिकट बिक्री पनि सर्वाधिक भएको छ ।आइतबारसम्मका लागि अधिकांश मल्टिप्लेक्समा अग्रिम टिकट बिक्री भइरहेको छ । यस्तो अवस्थामा केही मल्टिप्लेक्सले बिहान ३ बजेको समेत शो राखेका छन् ।

काठमाडौंको कमलपोखरीस्थित बिग मुभिजमा बिहीबार बिहान ३ बजेको शो राखिएको थियो भने चावहिलस्थित एफक्युब सिनेमाजमा बिहान ४ बजेको शो राखिएको थियो ।बिहान सबेरैका शोमा समेत दर्शकको उल्लेख्य उपस्थिति रहेको जनाइएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार