‘केजीएफ २’ र ‘ए मेरो हजुर ४’ भिड्दै

नयाँ वर्षको अवसर पारेर आजदेखि एक साउथ सहित दुई फिल्म प्रदर्शनमा आएको छ । ‘केजीएफ २’ र ‘ए मेरो हजुर ४’ नयाँ बर्षका अबसरमा भिडेका छन्। दुबै फिल्म देशभरबाट एकसाथ प्रदर्शनमा आएको हो । दुबै फिल्म मध्य ‘केजीएफ २’ ले देशभरको चलचित्र भवनमा उच्च शो समेत पाएको छ । नेपालमा नयाँ फिल्म शुक्रबार रिलिजको परम्परा भएपनि नयाँ वर्षको अवसर पारेर यी दुई फिल्म एक दिन अगाडिनै आएको छ ।

‘ए मेरो हजुर ४’
‘ए मेरो हजुर ४’ झरना थापाको निर्देशन रहेको फिल्म हो । अनमोल केसी, सुहाना थापा, रवि गिरी, सरोज खनाल, लुनिभा तुलाधर, रक्षा गौतम, रेअर राई लगायतका कलाकारको अभिनय छ । प्रेम कथामा आधारित रहेर निर्माण भएको फिल्म सुनील कुमार थापाले निर्देशन गरेका हुन् ।

‘केजीएफ २’
‘केजीएफ २’ साउथ स्टार यश अभिनित फिल्म हो । प्रशान्त निल निर्देशित फिल्म विश्वव्यापी रुपमा रिलिज भएको हो । फिल्मको नेपालमा पनि व्यग्र प्रतिक्षा थियो । यश, सञ्जय दत्त, रविना टण्डन र श्रीनिधि शेट्टीको मुख्य भूमिका रहेको फिल्म छ । ‘ केजीएफ–२’ को क्रेज यतिसम्म छ कि नेपालमा पनि आइतबारसम्मका लागि अधिकांश मल्टिप्लेक्समा अग्रिम टिकट बिक्री भइसकेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार