कांग्रेस बैठकबाट चुनावी घोषणा पत्र पारित, ११ गते सार्वजनिक गरिने

नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठकले चुनावी घोषणा पत्र पारित गरेको छ। बुधबार सानेपामा बसेको बैठकले चुनावी घोषणा पत्र पारित गरेको हाे ।

घोषणा पत्र निर्माण समिति संयोजक महामन्त्री गगन थापाले घोषणा पत्रका मस्यौदा प्रस्तुत गरेपछि त्यसमाथि पदाधिकारी र कार्यसम्पादन समितिका सदस्यहरूले सुझाव राखे थिए ।

घोषणा पत्रका लागि पार्टीका नेताहरू, विज्ञ, जनप्रतिनिधि र सर्वसाधारणबाट सुझाव माग गरिएको थियो ।

कांग्रेसले वैशाख ११ मा चुनावी घोषणा पत्र सार्वजनिक गर्ने तयारी गरेको छ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार