नेपाल प्रहरीका चार एसएसपी डीआईजीमा बढुवा सिफारिस

नेपाल प्रहरीका चार जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) नायव महानिरीक्षक (डीआईजी)मा बढुवाका लागि सिफारिस भएका छन्।

बढुवा सिफारिस समितिले बुधबार एसएसपीहरू नलप्रसाद उपाध्याय, मोहनकुमार आचार्य, राजेन्द्रप्रसाद चौधरी र मसाउद आलम खाँलाई डिआइजीमा बढुवाको लागि सिफारिस गरेको हो।

हालसालै तीन जना डिआइजीहरू एआइजीमा बढुवा भएपछि सिट खाली भएको थियो। तीन जना डीआईजी वशन्त पन्त, धिरज सिंह र रबिन्द्र धानुक एआईजीमा बढुवा भएपछि र राजेशलाल कर्ण उमेर हदका कारण वैशाख २ गतेबाट अनिवार्य अवकास हुने भएपछि चार जना रिक्त भएको हो।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार