यस्ता पदार्थको सेवनले निद्रामा बाधा पुर्याउछ

१. चियाकफी
सामान्यतः मानिसहरु खाना खाएपछि एक कफ चिया या कफी पिउन मन पराउँछन् । तर, यदि तपाईंलाई राम्रो निद्रा चाहिएको छ भने यो बानी छाड्नुस् । यदि चियाकफी खानुहुन्छ भने समयमा निद्रा नलाग्ने त छ नै, आएको निद्रा पनि खलबलिने सम्भावना हुन्छ । चिया या कफीमा पाइने क्याफिनले निद्रा भगाउने काम गर्छ ।
२. चकलेट
राती सुत्नुअघि खान नहुने खाद्यपदार्थमा चकलेट एक नम्बरमा पर्छ । यसले शरीरमा नकारात्मक असर पार्छ । यसमा चिल्लोपदार्थ र क्याफिनको मात्रा बढी हुन्छ । जसले निद्रामा बाधा पार्छ ।
३. आइसक्रिम
राती खाना खाएपछि डेजर्टको रुपमा आइसक्रिम खाने बानी मानिसहरुको हुन्छ । तर, आइसक्रिमले निद्रा गायब पार्छ । यसमा चिल्लोपदार्थ र चिनीको मात्रा बढी हुन्छ, जसले शरीरमा उर्जा दिन्छ र यसबाट निद्रा गायब हुन्छ ।
४. फोन मेसेज
राती फोन गर्नुको साटो टेक्स्ट मेसेज गर्दा अरुलाई डिस्टर्ब हुँदैंन भन्ने ठानिन्छ । तर, निद्राका लागि यो बाधक हुन्छ । मेसेज गर्दा तुरुन्त जवाफ पाउन या दिन फोन साथै राख्नुपर्ने हुन्छ, जसबाट निद्रामा खलल पुग्छ । सन् २०११ मा अमेरिकाको नेशनल स्लीप फाउण्डेशनले गरेको सर्वेक्षणअनुसार १३ देखि १८ वर्षका किशोर किशोरीहरुमध्ये दैनिक १० प्रतिशत बालबालिकाहरु रातीको समयमा फोन कल, टेक्स्ट मेसेज या इमेलका कारण जागै हुन्छन् ।
५ रक्सी सेवन
एक अध्ययनअनुसार राती सुतनुअघि रक्सी सेवन गर्नाले मष्तिष्कमा अल्फा उर्जा बढ्छ,जसबाट निद्रामा असर पुग्छ । सुत्नुअघि रक्सी सेवन गर्नेहरुलाई सुरुमा हल्का निद्रा परेपनि पछि यसले गहिरो निद्रामा खलल पार्छ ।
६.केही औषधि
यदि तपाईं दैनिक रुपमा औषधि या सप्लिमेन्ट लिनुहुन्छ भने निद्रासम्बन्धी समस्याको सामना गर्नुपर्ने हुन सक्छ । किनकि केही औषधिहरु खाएपछि तपाईं कयौं घण्टासम्म जागै रहनुहुन्छ । एन्टि डिप्रेसेन्ट औषधिले निद्रालाई धेरै प्रभाव पार्छ भने केही पेनकिलरले पेटमा गडबडी ल्याई निद्रामा असर पार्छ ।
७. मसालेदार खाना
राती सुत्नुअघि मसालेदार खाना बढी खानाले अनिद्राको समस्या आउन सक्छ । तेल, खुर्सानीजस्ता मसालेदार खाना खाएपछि एसिड रिफ्लेक्सको समस्याका कारण निद्रामा असर पर्न सक्छ । यसैले सुत्नु दुई घण्टा अघि खाना खानुपर्छ भनिएको हो ।
८. धेरै पानी पिउनु
शरीरलाई हाइड्रेट राख्न र विषालु तत्व बाहिर निकाल्न अधिकमात्रामा पानी पिउनु आवश्यक हुन्छ । तर, सुत्नुअघि धेरै पानी पिउदा निद्रामा असर पर्न सक्छ । किनकि धेरै पानी पिउनाले राती पटकपटक बाथरुम जानुपर्ने हुन सक्छ ।
९. चुरोट पिउनु
यदि राम्रो निद्रा चाहनुहुन्छ भने धूमपान अहिल्यै छाड्नुस् । सन् २०१३मा गरिएको एक अध्ययनले एउटा खिल्ली चुरोटले १र२ मिनेटका निद्रा खलबलिन्छ । किनकि चुरोट पिउँदा हाम्रो शरीरले बाहिरैबाट निकोटिन लिने बानी पर्छ, जबकि सुत्दाखेरि नै प्राकृतिक रुपमा निकोटिन शरीरलाई मिल्छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार