वीरगञ्जमा माओवादी कार्यकर्ताले गरे आफ्नै कार्यालय तोडफोड

वीरगञ्ज । नेकपा माओवादी केन्द्र पर्साका असन्तुष्ट पक्षले वीरगञ्जको राधेमाईस्थित आफ्नै कार्यालयमा तोडफोड गरेका छ।पार्टीको जिल्ला नेतृत्वको गतिविधिलाई लिएर असन्तुष्ट बनेका अखिल क्रान्तिकारी मधेस प्रदेश प्रमुख सचिव जुवेर आलम, पार्टीको वीरगञ्ज महानगर उपाध्यक्षद्वय अनीरुद्ध यादव र जुमादीन अन्सारी, वडा कमिटी अध्यक्ष हिरा अन्सारी, छोटेलाल कुर्मीलगायतले कार्यालयमा तोडफोड गरेको आरोप छ ।

उनीहरु आसन्न स्थानीय तहको निर्वाचनका लागि पार्टीले गठन गरेको जिल्ला समन्वय समितिको गतिविधिप्रति असन्तुष्टी जनाउँदै ध्यानाकर्षण पत्र बुझाउन गएका थिए ।

ध्यानाकर्षणपत्र बुझाउन जाँदा विवाद भएपछि आक्रोशमा आएका उनीहरु तोडफोडमा उत्रिएका थिए । तोडफोडपछि उनीहरुले पार्टी कार्यालयमा तालाबन्दी गरेका छन् । कार्यालयमा ‘चन्दा खोरी बन्द गर’ लेखेको पोस्टर र विभिन्न बुँदामा ध्यानाकर्षण गराएको पत्रसमेत टाँसेका छन् । चन्दा असुली गरेर पार्टीलाई वदनाम गरेको भन्दै उनीहरुले पार्टीको जिल्ला संयोजक र सचिवको राजिनामा समेत मागे गरेका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार