तीर्थ गएका एक पुरुषको डुबेर मृत्यु

काठमाडौं । अछाममा तीर्थ गएका एक पुरुषको डुबेर मृत्यु भएको छ । जिल्लाको मंगलसेन नगरपालिका–६ का हरिप्रसाद भण्डारीका छोरा करिब ५२ वर्षका वेदप्रसाद भण्डारीको नुहाउने क्रममा नदीमा डुबेर मृत्यु भएको हो ।

मङ्गलसेन नगरपालिका-३ मा कैलाशखोला र बुढीगंगा नदीको दोभान जिमराडीमा नुहाउने क्रममा नदीको भंगालोमा परी डुबेर मृत्यु भएको प्रहरीले बताएको छ। बुधबार दिउँसो करिब ३ बजेको समयमा डुबेर मृत्यु भएको हो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार