एक हजार बढी युक्रेनी सैनिकले आत्मसमर्पण गरेको रुसको दाबी

मस्को । रुसले एक हजार भन्दा बढी युक्रेनी सैनिकले आत्मसमर्पण गरेको दाबी गरेको छ । रुसी सेनाको घेराबन्दीमा रहेको रहेको दक्षिण पूर्वी युक्रेनको तटीय सहर मारिउपोलमा १६२ अधिकृत र ४७ महिलासहित एक हजार २६ युक्रेनी नौ सेनाले आत्मसमर्पण गरेको रुसी रक्षा मन्त्रालयले बताएको छ ।

तर रुसी दाबीलाई युक्रेनले खारेज गरेको छ ।राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीका एकजना वरिष्ठ सल्लाहकारले आफ्ना नौसेनाहरू सम्पर्कमै रहेको बताएका हुन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार