तीन लाख घुस सहित विद्यालयका प्रधानाध्यापक पक्राउ

रौतहट । रौतहटमा घुस लिदै गर्दा एक विद्यालयका प्रधानाध्यापक पक्राउ परेका छन् ।इशनाथ नगरपालिकाको घिउराटोलमा रहेको श्री विश्वेश्वर प्रसाद कोईराला आदर्श माध्यमिक विद्यालयका प्रधानाध्यापक राकेश कुमार ठाकुर र उनका सहयोगी दिपेन्द्र कुमार झा तीन लाख रुपैयाँ घुससहित पक्राउ परेका हुन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय टँगालबाट आएको टोलीले प्रधानाध्यापक ठाकुर र कार्यालय सहयोगी झालाइ घुस लिँदालिँदै सरुअठा चोकबाट रँगेहात पक्राउ गरेको छ ।

प्रधानाध्यापक ठाकुर र सहयोगी झाले शिक्षक नियुक्ती र करार शिक्षकको सेवा अबधि थप वापत ३ लाख रुपैयाँ घुस मागेको गोप्य सूचनाको आधारमा तीन लाख रुपैयाँ लिसकेको अवस्थामा रँगेहात पक्राउ गरिएको हो । मुचुल्का उठाएपछि दुवै जनालाई बुधबार नै अख्तियारको केन्द्रीय कार्यालय टँगाल लगिएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार