साझाका तीन वटा बिजुली बस तातोपानी आइपुगे

साझा यातायातले परीक्षका लागि पहिलो चरणमा चिनबाट खरिद गरेका तीन वटा विद्युतीय बस तातोपानी नाका आइपुगेका छन् ।चीनको उकालो सडकमा बिजली बसको ‘ग्रेडबिलिटी टेस्ट’ परीक्षण गरेपछि नेपालतर्फ ल्याइएको दी गो’ कम्पनीले जानकारी दिएको छ ।

पहिलो चरणमा साझाले तीन वटा बिजुली बस काठमाडौं ल्याउँदै छ । चीनको नानजिंगस्थित सीएचटीसीएचओ कम्पनीको विद्युतीय बसको कारखनामा ती बस तयार भएका हुन् ।

ती बस काठमाडौं आइपुगेपछि उपत्यकाका सडकमा प्ररीक्षण सफल हुनासाथ बाँकी ३७ वटा पनि आउने साझाले जानकारी दिएको छ । सीएचटीसीएचओका बस नेपालमा ‘दी गो’ले ल्याएर बिक्री गर्ने गरेको छ ।सीएचटीसीएचओसँग साझाले प्रति बस डेढ करोड रुपैयाँ मूल्यमा किन्न लागेको हो । साझाले ४० वटा बसमा करिब ६१ करोड खर्चिंदै छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार