बढ्यो कागतीको मूल्य

पछिल्लो समय बजारमा कागतीको मूल्य अत्यधिक बृद्धि भएको छ।   अहिले खुद्रा बजारमा एक दाना कागतीकै १५ रुपैयाँभन्दा बढी पर्न थालेको छ। भारतमा कागतीको मूल्यमा ठूलो वृद्धिसँगै आयातबाटै माग धानिँदै आएको नेपाली बजारमा पनि मूल्य बढ्न थालेको हो ।

कालीमाटी तरकारी बजारमा कागतीको होलसेल मूल्य नै दुई गुणासम्म बढेको छ । बुधबारको मूल्य सूचीअनुसार कालीमाटीमा कागती प्रतिकिलो ३७५ रुपैयाँसम्ममा बिक्री भएको छ ।  यसअघिअघि २० रुपैयाँको ४ वटा किन्न पाइन्थ्यो । नेपालमा खपत हुने अधिकांश कागती भारतीय बजारबाट आउँछ ।

भारतमा यसको मूल्य बढिरहँदा आयातबाट माग धान्ने नेपाली बजारमा समेत मूल्यवृद्धिको असर देखिन थालेको हो ।   गर्मी सिजनमा कागती बढी प्रयोग हुने गरेकोले यतिबेला बजारमा कागतीको माग र मूल्य दुबै बढेको छ । हरेक वर्ष नेपालमा कागतीको आयात बढ्दो छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार