जसपाबाट निर्वाचित गाउँपालिका अध्यक्ष यादव एमाले प्रवेश

काठमाडौं । जनता समाजवादी पार्टीका नेता तथा सुनसरी जिल्लाको भोक्राहानरसिंह गाउँपालिका अध्यक्ष महेन्द्रप्रसाद यादव एमाले प्रवेश गरेका छन् ।यादवलाई एमाले प्रवेश गराउन एमाले अध्यक्ष केपी शर्मा ओली सुनसरी सदरमुकाम इनरुवा आएका छन् ।

ओलीले गाउँपालिका अध्यक्षसहित विभिन्न पार्टी परित्या गरी एमाले प्रवेश गर्नेहरुलाई स्वागत गरेका छन् । इनरुवा नगरपालिका वडा नम्बर ३ को महेन्द्र चोकमा आयोजित ‘बृहत् जनसभा एवम् पार्टी प्रवेश कार्यक्रम’मा उनीहरु एमाले प्रवेश गरेका हुन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार