‘विप्लव’ नेतृत्वको नेकपालाई चुनावमा सहभागी गराउने विषयमा मन्त्रिपरिषद्मा छलफल

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपालाई आसन्न स्थानीय चुनावलाई सहभागी गराउने विषय सरकारले छलफल गरेको छ । आगामी वैशाख ३० गते हुने स्थानीय निर्वाचनमा भाग लिने वातावरण बनाउन माग गर्दै आएको सो पार्टीका मागबारे औपचारिक छलफल सरकार प्रवेश गरेको हो ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकमा विप्लवको पार्टीले अघि सारेका मागबारे छलफल भए पनि कुनै निर्णय हुन नसकेको मन्त्रीहरुले बताएका छन् ।

‘चुनाव चिन्ह, मतदाता नामावली, उम्मेदवार लगायतका विषयहरू छन् ती विषयमा सरकारले निर्णय गरोस् भन्ने सो पार्टीको भनाइ छ’, विप्लवका मागबारे गृहमन्त्री बालकृष्ण खाँणले ब्रिफिङ गरेका थिए ।

प्रमुख प्रतिपक्ष नेकपा एमालेले विप्लवलाई देखाएर वैशाख ३० को स्थानीय निर्वाचन सार्ने षड्यन्त्र भइरहेको बताउँदै आएको छ । यसअघि निर्वाचनमा सहभागी हुने दलहरूलाई निर्वाचन आयोगले दल दर्ता गर्न आव्हान गरेको समयसीमा सकिइसकेको छ । आयोगको समयसीमामा विप्लवको पार्टी दर्ता भएको छैन ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार