चुनाव सार्ने गठबन्धनवालाहरूको षड्यन्त्र असफल हुँदैछ : अध्यक्ष ओली

नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले राप्रपा र विप्लबसँग चुनावी सहकार्य हुनसक्ने समेत बताएका छन् ।विराटनगर विमानस्थलमा बुधवार सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् । उनले एमाले २–४ जना र २–४ जनाको पार्टीको गठबन्धनसँग नडराउने समेत उनले बताए ।

‘चुनाव सार्ने गठबन्धनवालाहरूको षड्यन्त्र असफल भएको थियो, फेरि त्यही षड्यन्त्र जगाउने गरी विप्लवलाई अगाडि देखाउने हो कि भन्ने शंका उत्पन्न भएको छ,’ उनले भने ।

साथै आफ्नो नेतृत्वको सरकारका कारणले अर्थतन्त्र ध्वस्त नभएको स्पष्ट पारेका छन् ।ओली नेतृत्वको सरकारका कारण अर्थतन्त्र ध्वस्त भएको भन्नेहरूको मानसिक अवस्था समेत ठीक नभएको उनले बताए ।

९ महिना सरकारको नेतृत्व गर्दा नै अहिलेको सरकारले अर्थतन्त्र ध्वस्त पारेको समेत आरोप लगाए । अहिलेको सरकारले पहिलेको सरकारका कारण यस्तो भयो भन्नु मानसिक असन्तुलनको उपज भएको उनले बताए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार