क्रिकेटर सेन वार्नको सम्झनामा लुम्बिनीमा दिप प्रज्वलन

काठमाडौं । अस्ट्रेलियन क्रिकेटर सेन वार्नको सम्झनामा लुम्बिनीमा दिप प्रज्वलन गरिएको छ ।वार्नको ४,मार्च २०२२ मा ५२ वर्षको उमेरमा हृदयघातका कारण निधन भएको थियो ।

नेपालका लागि अष्ट्रेलियन राजदूत ही फेलिसिटी भोल्कले मंगलबार वार्नको सम्झनामा दिप प्रज्वलन गरिन् ।भैरहवाको सिद्दार्थ रंगाशालामा जारि सेन वार्न स्मृती प्रो क्लब च्याम्पियनसिपमा क्रिकेट प्रतियोगिता हेर्न पुगेकी भोल्क लुम्बिनी पुगेकी थिइन् ।

वार्नले टेस्ट क्रिकेटमा एक सय ४५ खेल खेल्दै ७ सय ८ विकेट लिएका थिए । उनले टेस्ट क्रिकेटमा एकै पटकमा ४८ पटक कम्तिमा ४ विकेट र ३७ पटक कम्तिमा पाँच विकेट लिएका थिए ।

यसैगरी टेस्ट क्रिकेटको एकै खेलमा १० पटक कम्तिमा १० विकेट लिएका थिए। एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा उनले एक सय ९४ खेल खेल्दै २ सय ९३ विकेट लिएका थिए। यसमा पनि एकै खेलमा १२ पटक कम्तिमा ४ विकेट र एकपटक कम्तिमा ५ विकेट लिएका थिए।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार