सशस्त्र प्रहरीको आईजीपीमा पुष्पराम केसी, कार्यकाल १९ दिन मात्रै

सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) पुष्पराम केसी महानिरीक्षक (आइजीपी) मा बढुवा भएका छन् । बुधबार बसेको मन्त्रिपरिषदको बैठकले केसीलाई बढुवा गर्दै महानिरीक्षक (आइजीपी) पदमा नियुक्त गरेको हो ।

महानिरीक्षक शैलेन्द्र खनाल चार वर्षे कार्यकाल सकेर २८ गते बिदा भएपछि रिक्त रहेको उक्त पदमा केसीलाई बढुवा गरिएको हो ।

सोही संगठनमा डीएसपीबाट प्रवेश गरेका खनाल आईजीपको चार वर्षे पदावधि सकेर सेवा निवृत्त हुँदा अर्का एआईजी रामशरण पौडेल र केसी प्रतिस्पर्धामा थिए ।

वरीयतामा केसी एआईजी पौडेलभन्दा अगाडि थिए । केसी आगामी वैशाख १८ सम्म सशस्त्रको महानिरीक्षक हुनेछन् । तीस वर्षे सेवा अवधिका कारण केसी १९ दिनपछि अवकाशमा जान्छन् । उमेर हदका कारण उनी अवकाशमा जान लागेका हुन् ।

२०६१ साल वैशाखमा सशस्त्र प्रहरी उपरीक्षक (एसपी), २०६६ साल मंसिरमा सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी), २०६९ जेठमा सशस्त्र प्रहरी महानिरीक्षक (डीआईजी) र २०७४ वैशाखमा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) भएका थिए ।

निवर्तमान आईजीपी शैलेन्द्र खनाल गत सोमबारबाट अवकाश पाएका हुन् । उनले अवकाश पाएसँगै सशस्त्र प्रहरी बल नेतृत्वविहीन भएको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार