आयोगमा दर्ता भएन विप्लव नेतृत्वको नेकपा, स्वतन्त्र उम्मेदवारी दिने तयारी

आवश्यकताका आधारमा एमाले र माओवादीसँग तालमेल गर्ने

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी आगामी स्थानीय तहको निर्वाचनका लागि आयोगमा दर्ता नहुने भएको छ । आयोगमा दर्ता नहुने भएपछि नेकपाका नेताहरुले स्वतन्त्र उम्मेद्वारी दिने तयारी गरेका छन् ।

दल दर्ता गर्न विप्लव नेतृत्वको नेकपाका नेताहरु सरकार र निर्वाचन आयोगमा पुगेर आग्रह समेत गरेका थिए । तर, संवैधानिक, राजनीतिक र कानुनी सबै दृष्टिकोणले दल दर्ता गर्न नमिलेपछि स्थानीय आवश्यकताका आधारमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रसँग चुनावी तालमेल हुने नेकपाका नेताहरुले बताएका छन् ।

चुनावी तालमेल गर्ने विषयमा पनि नेकपामा दुई धार देखिएको छ । विप्लव र प्रवक्ता खड्गबहादुर विश्वकर्मा एमालेसँगै चुनावी तालमेल गरेर जान निर्देशन दिएका छन् । तर, सचिवालय सदस्य हेमन्तप्रकाश ओली र धर्मेन्द्र बास्तोलाले माओवादी केन्द्रसँग सकेसम्म चुनावी तालमेल गर्नुपर्ने पक्षमा छन् ।

विप्लव नेतृत्वकाे नेकपालाई चुनावमा सहभागी गराउन गठबन्धनको आग्रह

 

विप्लव नेतृत्वको नेकपाका प्रवक्ता विश्वकर्मा पनि निर्वाचन आयोगमा

 

सुर्य चिन्हमा चुनाव लड्न विप्लवलाई ओलीको आग्रह

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार