ओखलढुंगामा जीप दुर्घटना हुँदा २ जना प्रहरीको मृत्यु, ८ घाइते

ओखलढुंगा । ओखलढुंगामा बोलेरो जीप दुर्घटना भएको छ । बोलेरो दुर्घटनामा दुई जना प्रहरीको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् । सोल्खुम्बुबाट विराटनगर जाँदै गरेको बा १६ च १०९४ नम्बरको बोलेरो मानेभञ्ज्याङ ६, भडारे खोला नजिक दुर्घटना भएको हो ।

सोलुखुम्बुबाट कार्यालयको कामले प्रहरी लिएर विराटनगर हिँडेको गाडीमा सवार दुई जना प्रहरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले पुष्टि गरेको छ । मृतकको पहिचान भने खुल्न नसकेको प्रहरीले जनाएको छ ।

बोलेरोमा ८ प्रहरी, १ सर्वसाधारण र चालकसहित १० जना सवार रहेको र घटना बारेमा विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार