भक्तपुरको विस्का जात्रामा आज ५५ हात लामो लिङ्गो उभ्याइँदै

भक्तपुरको विस्का जात्राको क्रममा बुधबार साँझ भक्तपुरको ल्योसिंखेलमा ५५ हात लामो लिङ्गो उभ्याइँदै छ । प्रत्येक वर्षजस्तै यो वर्ष पनि भक्तपुर नगरपालिका(५ ल्योसिंखेलमा लिङ्गो उभ्याइन लागिएको हो ।आठ रात नौ दिन लामो विस्का जात्राको यो सबैभन्दा बढी मुख्य आकर्षण हो । जात्राको क्रममा ५५ हात लामो लिङ्गोलाई डोरीको सहायताले तानेर उभ्याइने गरिन्छ ।

प्रत्येक वर्ष चैतको अन्तिम दिन साँझ यहाँ लिङ्गो उभ्याउने गरिन्छ । उभ्याइएको लिङ्गोलाई वैशाख १ गते ढाल्ने गरिन्छ ।भक्तपुरको विस्का जात्राको क्रममा बुधबार साँझ भक्तपुरको ल्योसिंखेलमा ५५ हात लामो लिङ्गो उभ्याइँदै छ । प्रत्येक वर्षजस्तै यो वर्ष पनि भक्तपुर नगरपालिका ५ ल्योसिंखेलमा लिङ्गो उभ्याइन लागिएको हो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार