कमल थापाकी छोरी प्रतिष्ठाले राप्रपा त्यागिन्

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाकी छोरी प्रतिष्ठा थापा रायमाझीले राप्रपा परित्याग गरेकी छिन् ।

गत महाधिवेशनमा केन्द्रीय सदस्य पदमा निर्वाचित उनले साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएकी हुन् ।राप्रपा पार्टी र नेतृत्वमा केही महिनादेखि देखिएको सैद्धान्तिक र नैतिक विचलनका कारण आफूले भारी मनका साथ पार्टी परित्याग गर्नुपरेको उनले राजीनामा पत्रमा बताएकी छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार