किन लाग्छ धेरै थकाई ? यस्ता छन् कारण

स्वस्थ भोजन, व्यायाम र प्रयाप्त निन्द्राले शरिरलाई उर्जा दिन्छ । तर कहिले काँही धेरै परिश्रम नगर्दा पनि शरिर कमजोर र थकाई भएको महशुस हुन्छ । कहिलेकाँही रोगका कारण थकाई महशुस हुनसक्छ । यी कारणले पनि थकाई महशुस हुनसक्छस्:

१.प्रोटिनको मात्रा न्यून

खानामा प्रोेटिनको मात्रा थोरै भयो भने शरिर कमजोर र थकाई महशुस हुन्छ । महिला र पुरुषलाई प्रोटिनको मात्रा फरक–फरक भए पनि तौल र शारिरिक गतिविधिमा प्रोटिनको मात्रा निर्भर हुन्छ । प्रोटिन माछा–मासु र गेडागुडीमा प्रशस्त पाइन्छ ।

२.पोटासको कमि

पोटास यस्तो खनिज हो जसले तपाईको शरिरको कोषलाई पूर्ण रुपमा काम गर्न सहयोग पुर्याउछ । त्यस्तै पोटासले मांशपेशीलाई बलियो बनाउँछ । केरा, बेरी, एभोकाडो र गाजरबाट प्रर्याप्त पोटास पाइन्छ ।

३.अत्यधिक सुत्नु

त्यसो त शरिरलाई आवश्यक उर्जाको लागि प्रर्यात सुत्न विज्ञहरुले सुझाब दिए पनि अत्यधिक बढी सुत्दा शरिर आलस्य र कमजोर महशुस हुन्छ । अत्यधिक सुत्दा शरिरमा साईड इफेक्ट पनि हुन हुन्छ । बढी निन्द्राले डायबिटिज, मोटोपन, मुटुको रोग र मृत्यु समेत हुने गरेको बिभिन्न अध्ययनहरुले दखाएका छन् ।

४.शाकाहारी भोजन

भिटामिन बी १२ ले शरिरलाई आवश्यक पर्ने मेटाबोलिजम र उर्जा प्रदान गर्छ । मासु र अन्डामा यो भिटामिन पाइन्छ । बी १२ को कमिले शरिर कमजोर र आलस्य हुन्छ । त्यसैले शाकाहारी मानिसले भिटामिन बी १२ पाइने अन्य खाना खानु पर्छ ।

५.डिहाईड्रेसन

प्रयाप्त पानी नपिउदा पनि निकै अल्छी र कमजोर अनुभूति हुन्छ । मझौला खालको डिहाईड्रेसनले पनि उर्जाको तह, मुड, स्पष्ट सोच्ने क्षमतामा असर गर्छ । त्यसैले पानी प्रयाप्त मात्रामा पिउनु पर्छ ।

६.डिप्रेशन र चिन्ता

डिप्रेशनले मानिसलाई मस्तिष्कदेखि नै कमजोर बनाउँछ । चिन्ताले ह्दय र मुटुको चाल बढाउने र डिप्रेसनले मुड अस्थिर बनाउने भएकोले यस्ता रोगी शारीरिक र मानसिक रुपमा कमजोर हुन्छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार