इन्धन किन्न ऋण खोज्दै निमग, वाणिज्य बैंकले २ अर्ब दिने

काठमाडौं । नेपाल आयल निगमलाई राष्ट्रिय वाणिज्य बैंकले पेट्रोलियम पदार्थ आयातका लागि २ अर्ब ऋण उपलब्ध गराउने भएको छ । आगामी अप्रिल २३ तारिखमा यो महिनाको दोस्रो किस्ता बापत तिर्नु पर्ने रकम अभाव भएपछि ऋण प्रक्रिया अघि बढेको आयल निगमले जनाएको छ ।

निगम सञ्चालक समितिको आग्रहपछि बैंकले ऋण उपलब्ध गराउने जानकारी दिएको तर सरकारको जमानी माग गरेको निगमका नायव कार्यकारी निर्देशक एवं आर्थिक विभाग प्रमुख नागेन्द्र साहले बताए ।

उनकाअनुसार आगामी २३ तारिखमा इन्डियन आयल कर्पोरेसन ९आईओसी० लाई १५ अर्ब हाराहारी रकम बुझाउनु पर्छ । जसका लागि अपुग रकम बैंकसँग मागिएको हो । निगमको मूल्यस्थिरीकरण कोषमा अब ३० करोड रुपैयाँ बाँकी रहेको र बजारको दैनिक कारोबारबाट त्यस अवधिमा १५ अर्ब हाराहारी रकम उठ्ने साहले बताए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार